राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् ।
थापालाई अहिले फिलाडेल्फिया संघीय हिरासतमा छन् । गत हप्तामात्र कतार हुँदै अमेरिका पुगेका थिए । उनी अमेरिका पुगेलगत्रै पक्राउ परेका थिए ।थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए ।