प्रभु बैंकको सेवा ७७ वटै जिल्लामा, दार्चुलामा शाखा कार्यालय विस्तार

Image

दार्चुलामा प्रभु बैंकको शाखा कार्यालय खुलेको छ ।

आइतबार बैंकले ३१२ औं शाखा कार्यालयको रुपमा महाकाली नगरपालिका–४ स्थित खलंगा, दार्चुलामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको छ ।

शाखा कार्यालय सञ्चालनमा आएसँगै स्थानीय, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा देशका ७७ वटै जिल्लामा विस्तार भएको छ ।