थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।
पाइप फुट्दा पैदल यात्रुलाई सास्ती भइरहेको थियो । पाइप फुटेपछि आएको बाढीले सडकमासमेत ठूलो खाडल परेको थियो ।
बाढीले सडकमा खाडल बन्दा थापाथली चोकबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालतर्फ जाने सडक अवरुद्ध भएको थियो ।