रास्वपाकी सांसद सुमना श्रेष्ठले सरकारले विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएको भन्दै प्रशन उठाएकी छन ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयरसँगको टसलका कारण सरकारले अन्य स्थानीय तहमा समेत अधिकृत नपठाएको भन्दै प्रश्न उठाएकी हुन् ।
‘मधेश प्रदेशका ६९ स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत छैनन् । मन्त्रीज्यूले एक साताभित्र पदपूर्ती गर्छु भन्नु भएको थियो । प्रकृया कहाँ पुग्यो । यो मेरो प्रश्न छ । काठमाडौं महानगरमात्र नेपाल होइन् । काठमाडौं भन्दा बाहिर पनि पालिकाहरु हुन्छन् । त्यहाँ प्रशासकीय अधिकृत पठाउनुपर्ने हुन्छ । मलाई प्रश्न सोध्न मन छ । यो अकर्मण्यता सामान्य प्रशासन मन्त्रीको मात्र होकी ? अर्थतन्त्रको विकराल अवस्था छ । अर्थतन्त्रको विकराल अवस्था लुकाउन गरिएको प्रपञ्च त होइन् ? । भन्ने कता कता मनमा लागेको छ’ उनले सोधिन् ।