कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल काठमाडौं स्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेस्टमा २०% र बाह्य ल्याब टेस्टमा १०% सम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाइहरूमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।