२५ करोड नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

Image

काठमाडौँबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँको टोखा झोर क्षेत्रबाट ना१ख १६५२ नम्बरको ट्रकमा राखेको उक्त रकमसहित चालक र अर्का एक जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उक्त रकम विभिन्न देशका मुद्रा भएको हाल गन्ने काम भइरहेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए ।

बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् ।