मोरङको धनपालथान गाउँपालिका–७ स्थित कदमाहा गाउँमा आगलागी भएको छ ।
आगलागीमा परी चार वर्षीया बालिका रेस्मा खातुनको जलेर मृत्यु भएको छ । वडा अध्यक्ष सन्तोषकुमार यादवका अनुसार आगलागीमा १४ वटा घर जेलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
प्रहरी र स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आइसकेको उनले बताए ।