घुस रकमसहित पक्राउ परे पोखरा महानगरका कर्मचारी

Image

पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बिहीबार दिउँसो महानगरको गेट (न्युरोड)बाट पक्राउ गरेको हो । गिरी महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए ।

उनीबाट अख्तियारले २५ हजार रुपैयाँ बरामद गरेको छ । अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए । गिरी अहिले अख्तियारको नियन्त्रणमा रहेको पाण्डेले बताए।

Share