एभरेष्ट बैंकले मनायो ग्लोबल मनी विक

Image

नेपाल राष्ट बैंकको संयोजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले पनि ग्लोबल मनी विक मनाएको छ ।

यही चैत ४ देखि सप्ताहव्यापी अभियानअन्तर्गत बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजारभन्दा बढी विद्यार्थीहरुबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ ।

कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको बैंकले उल्लेख गरेको छ ।

यस सप्ताहमा बैंकले विभिन्न कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख बढी ग्राहक छन् । देशैभर बैंकका १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् ।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।