तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पूति तोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको ९ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ५०० रुपैयाँमा निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन तोलाको ८६ हजार ५० रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार २१० रुपैयाँ पुगेको छ । यसअघि बुधबार चाँदीको मूल्य तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार