प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् । मंगलबार ओलीले परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् ।
वैशाख ११ देखि कक्षा १२ को परीक्षा हुने तालिका भएपनि शिक्षक आन्दोलनका कारण असहज परिस्थिति सिर्जना भएसँगै स्थगित गर्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।