जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन् । दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ।
जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ।
यो घटना सन् २०१९ को पुलवामा आत्मघाती हमलापछि जम्मु-कश्मीरमा भएको सबैभन्दा घातक हमला मानिएको छ। मारिएका व्यक्तिहरूमध्ये एक जना युएईका पर्यटक, दुई जना स्थानीय बासिन्दा र बाँकी भारतका विभिन्न राज्य गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू रहेको जनाइएको छ।
हमला दिउँसो करिब २:४५ बजे भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, आतंककारीहरूले सुरुमा एक पर्यटकको परिचय सोधेपछि टाउकामा गोली हाने। त्यसपछि अन्य पर्यटकहरूलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी गर्दै उनीहरू घटनास्थलबाट फरार भएका थिए।
आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित आतङ्कवादी समूह लश्कर-ए-तैयबाले लिएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ। यसअघि, सन् २०१९ को १४ फेब्रुअरीमा पुलवामा भएको आत्मघाती आक्रमणमा भारतका ४० जना सुरक्षाकर्मीको ज्यान गएको थियो।