भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा ट्रक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बझाङ बुंगल नगरपालिका–२ का ३३ वर्षीय अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४१ वर्षीय जगत धामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको मिनीट्रक आज बिहान दुर्घटनामा परेको हो ।
खाद्यान्न लिएर बझाङ गइरहेको मिनीट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।