शिक्षा विधेयकलाई आउँदो अधिवेशनमै पारित गर्ने सभामुखको तयारी

Image

प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले विधेयकको चापका कारण सार्वजनिक बिदाका दिनबाहेक सबै दिन संसद् चलाउने प्रस्ताव गरेका छन् ।

बुधबार दलका प्रमुख सचेतकहरूको बैठकमा सभामुख घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् । सभामुखको प्रस्ताव बैठकले अनुमोदन गरेको छ ।

सचेतकसँगको बैठकमा अनुमोदित प्रस्ताव अनुसारको क्यालेन्डर अब कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत हुनेछ । १२ गतेदेखि सुरु हुने संसद्को यही अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल, बजेट र विद्यालय शिक्षा विधेयक समेत टुगंयाउनुपरेकाले संसदमा चाप हुन भन्दै सभामुखले सबै दिन संसद् चलाउने प्रस्ताव गरेका थिए ।

सचेतकसँगको बैठकमा उनले उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएकाले यसलाई प्राथमिकता दिने गरी सांसदले तयारी गरेको जानकारी गराएका थिए । संसद्को चापकै बिच जुनसुकै दिन विधेयक प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्ने सभामुखको भनाई थियो ।

निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा रहेकाले नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्ने सभामुख घिमिरेको भनाई छ ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक आन्दोलन नरोकिने