नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफू पक्षीय नेताहरुलाई निमन्त्रणा गरेर चियापान कार्यक्रम गरेका छन् ।
बिहीबार नेता कोइरालाले महारागन्जस्थित निवासमा आफू पक्षीय नेताहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्ण प्रसाद सिटौला, विजय कुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतलाई बोलाएर चियापान गरेका हुन् ।
चियापानमा नेताहरु एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत,गुरु बराल, नैन सिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं लगायत सहभागी छन् ।
अरु नेता कार्यकर्ता चियापान गरिरहेका बेला शशांकसहितका पूर्वपदाधिकारीहरू छुट्टै बैठक बसेका हुन् ।
नेता गोपाल श्रेष्ठका अनुसार लोकतन्त्रलाई अगाडि बढाउने सन्दर्भमा विचार विमर्श गर्नका लागि बैठक बोलाइएको हो । ‘पुराना साथीहरु बसेर विचार, विमर्श गर्न, लोकतन्त्रलाई कसरी अगाडि बढाउने, कसरी मुलुकलाई अगाडि बढाउने र नेपाली जनतालाई सुख, शान्ति, समृद्धि दिलाउन सकिन्छ भन्ने उद्देश्यले हामी आज बस्दैछौं,’ उनले भने ।