तीन हप्तादेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू बिहीबार रक्तदान कार्यक्रममा सहभागी भएका छन् ।
शिक्षा ऐन लिएरै फर्कने अडानसहित २३औँ दिनदेखि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरू आज काठमाडौँको बिजुलीबजारमा रक्तदानमा सहभागी भएका हुन् । रक्तदान कार्यक्रम नेपाल शिक्षक महासङ्घले आयोजना गरेको हो ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौँमा भेला भएका छन् ।