नवनियुक्त शिक्षा मन्त्री पन्तले लिए शपथ

Image

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बिहीबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो ४ बजे आयोजित समारोहमा उनलाई शपथ खुवाएका हुन् ।

नेकपा (एमाले) का सांसद पन्तलाई बुधबार मन्त्री नियुक्त गरिएको थियो । यसअघि निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले यसै साता राजीनामा दिएकी थिइन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका अधिकारीहरू, उच्चपदस्थ व्यक्तित्वहरू र सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।