बर्दियाको भादा नदीमा बेपत्ता युवकको शव भेटियो

Image

बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव भेटिएको छ ।

गुलरिया नगरपालिका–५, सयलवा रामबाघका १९ वर्षीय सृजन पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले शुक्रबार बिहान निकालेको हो । यही वैशाख १० गते गुलरिया–५ स्थित भादा नदीमा नुहाउने क्रममा डुबेर उनी बेपत्ता थिए ।

उनको खोजीका निम्ति गोताखोरसहितको सुरक्षा फौज परिचालित थियो ।