रुकुम पश्चिममा बस दुर्घटना, पाँच जना घाइते

Image

रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगन्ज जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा पाँच यात्रु घाइते भएका छन् ।

लु२ख ६२७१ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिए । घाइतेहरूको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।