माछापच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

कुवेतस्थित अल मुजैनी एक्सचेन्जबाट पठाएको पैसा अब सिधै बैंकको खातामा

Image

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापच्छ्रे बैंक लि. ले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।

माछापच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो । बैंकले बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसँग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

बैंकका अध्यक्ष रोशन के.सीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनि एक्चेन्जका महाप्रबन्धक हज फरनान्डेजले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् । कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक गरेको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के.सी एंव कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाले संयुक्तरुपमा सार्वजनीक गरेका हुन् । गीत सार्वजनिक गरिएपश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण/प्रकाशन गर्नेछ ।

माछापच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अब कुवेतमा रहेका नेपालीहरुले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।