प्रधानमन्त्री ओलीले भने- अब १४ महिनामा मैले राजीनामा दिन्छु, त्यसपछि देउवा (भिडियो)

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् ।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने ।

संसद भवनमा सञ्चारकर्मीले बजेट यहि सरकारले ल्याउँछ नि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।