प्रहरीसँगको झडपमा केही शिक्षक घाइते, सिभिलमा उपचार गरिँदै

Image

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडी बढ्ने प्रयास शिक्षकहरुले गरेपछि झडप भएको काडमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

शिक्षकहरु आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ । प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ । झडपका क्रममा १५ जना बढी शिक्षक घाइते भएका छन् । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

घाइतेको अरु विवरण संकलन गरिरहेको र केही प्रहरीलाई पनि चोट लागेको उनले बताए ।

एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले स्थिति सामान्य रहेको पनि एसपी बोहराले बताए ।