सरकारको सम्पूर्ण तागत कुर्सी टिकाउनमै सिमित रहेको माओवादी सांसद बस्नेतको आरोप

Image

नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू नरहेको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले राज्यका महत्त्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा सरकारले सम्पूर्ण तागत खर्च गरिरहेको बताए ।

उनले शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै उनले सरकारले माग सम्बोधन गर्न नसकेको आरोप लगाए । सांसद बस्नेतले विद्यमान कानुनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्न र समस्या समाधानको तदारुकता आग्रह गरे । उनले शिक्षकहरूलाई विधेयक छिटै संसद्मा पेस हुन्छ भन्ने विश्वास दिलाउन सरकारलाई आग्रह गरे ।

कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको दसौँ राष्ट्रिय खेलकुदको मिति परिवर्तनको सिलसिला नरोकिएको भन्दै उनले यसले खेल क्षेत्रलाई स्तब्ध बनाएको बताए ।