राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवी लामिछानेलाई दिएको छ ।
आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनु भयो,’ उपसभापति डिपी अर्यालले भने, ‘नयाँ विकसित राजनीति घटनाक्रमको विषयमा छलफल भयो। राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवी लामिछानेलाई दिने निर्णय भएको छ ।’
संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ । जसका कारण अहिले सबैजसो दलको आन्तरिक बैठक बसिरहेको छ ।