चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।
बारीमा तरबुज टिप्न गएको बेला चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिए । मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको वडा अध्यक्षले बताए ।
उनका अनुसार बारीमा श्रीमान श्रीमती दुवै जना तरबुज टिप्न गएका थिए । त्यहि बेला हावाहुरीसहित पानी र चट्याङ परेको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको वडा अध्यक्ष रानाले जानकारी दिए ।
















