प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा छलफल जारी छ ।
जारी भेटमा छलफल शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगका पदाधिकारी नियुक्तिमा केन्द्रित रहेको बताइएको छ । साथै समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् ।