प्रकाण्डले भेटे प्रधानमन्त्री

Image

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओली भेटेका छन् ।

प्रधानमन्त्री ओली भेट्न विश्वकर्मा मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय, सिंहदबार पुगेका थिए ।

विश्वकर्माले समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग संवाद भएको बताए ।