सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले चुच्चे नक्साबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा खोजेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति ता कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्यसम्म ननिकालेको स्मरण गरे । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश गर्दा सिंगो राष्ट्र एक भएर उठ्यो । औँसी, पूर्णिमामा पनि वक्तव्य निकाल्नुहुन्छ भूतपूर्वराजा तर त्यो बेलामा उहाँको वक्तव्य कतै सुनिएन,’ एमाले सांसद रिजालले भने ।
एमाले सांसद रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई राजसंस्थाको एजेण्डा छाड्न समेत आग्रह गरे ।