कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत रमेश लेखकले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने बताएका हुन् ।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका छन् । सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताएका हुन् ।

सरकारमा फेरबदलसँगै नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने भएको छ।
अघिल्लो वर्ष फागुनमा नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको सरकारको समीकरण फेर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष पुस १० गते बनेको एमालेसँगको गठबन्धनमा फर्किने निर्णय गरिसकेका छन्।

उनको यो निर्णसँगै एमाले, माओवादी, जसपा र रास्वपाबाट सोमबार नै कम्तीमा चारजना मन्त्रीले शपथ लिन लागेका छन्।

सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले अब कांग्रेस प्रतिपक्षीको बेन्चमा बस्ने निष्कर्ष निकालेको जानकारी प्रमुख सचेतक लेखकले दिए।