सिट बाँडफाँट र मन्त्रालय टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन

सोमबार पुनर्जीवित भएको नेकपा एमालेसहितको नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल बनाएको हो ।

यो कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् ।

चार सदस्यीय यो कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफल गरेर शक्ति बाँडफाँटको समेत टुंगो गर्नेछ । त्यस्तै मन्त्रालय भागबन्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने बताइएको छ ।