विगत ६ दिनदेखि बेपत्ता मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका एक पुरुषको शव नजिकैको जङ्गलमा फेला परेको छ ।
यही वैशाख ३१ गतेदेखि बेपत्ता स्थानीय ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव मनहरी गाउँपालिका–५ कोइराला डाँडास्थित थली जङ्गलमा शव फेला परेको हो ।
कसैलाई नसोधी घरबाट हिँडेकामा खोजतलास गर्ने क्रममा घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिणतर्फ रहेको जङ्गलमा सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।