गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ कांग्रेस र एमालेबीच विवाद भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार छलफल भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सोमबार देउवा भेट्न बालुवाटार नआएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक स्थगित गरेका थिए ।
नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ ।