यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना

Image

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिष्दमा तीन जनाको नाम सिफारिस गरेको हो ।

जस अनुसार, पहिलो नम्बरमा प्रा.डा विश्वनाथ पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई रहेका छन् ।

पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् ।

भट्टराई पूर्व सचिव हुन् । उनी यसअघि प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालय लगायतमा कार्यरत थिए ।