काभ्रेपलान्चोकको बनेपामा एटीएम मेसिन फोर्दै गर्दा एक जना पक्राउ परेका छन्। बुधबार राति पौने १२ बजेतिर बनेपा नगरपालिका ७ स्थित नविल बैंकको एटीएम मेसिन फोर्दै गरेको सूचना प्रहरीले पाएको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले एटिएम मेसिन फोर्दै गरेको अवस्थामा सिन्धुलीको घाङलेख गाउँपालिका ८ का ३० वर्षका बुद्धिलाल तामाङलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले हथौडा र रड पनि नियन्त्रणमा लिएको छ। तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।