जर्मनीमा चक्कु आक्रमणमा १७ जना घाइते, एक महिला पक्राउ

Image

उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेसनमा एक महिलाले चक्कु प्रहार गर्दा १७ जना घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको आक्रमणमा १७ जना गम्भीर घाइते भएका हुन् ।

प्रहरीले घटनामा घाइते भएकाहरूको यकिन तथ्यांक नभएको बताएको छ । आक्रमणमा संलग्न आरोपमा ह्याम्बर्ग प्रहरीले घटनास्थलबाट ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गरेको छ ।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

आक्रमणकारी महिला मानसिक रूपमा विचलित भएको हुनसक्ने प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले बताएका छन् ।

Share