पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन्। उनी शनिबार नाति हृदयन्द्रलाई लिएर नारायणहिटी गएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका अनुसार हृदयन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन् । ज्ञानेन्द्रको साथमा डा. जगमान गुरुङ पनि थिए ।
राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्र पहिलोपटक नारायणहिटी दरबार पुगेका हुन् । त्यसक्रममा पूर्व राजपरिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गरेका हुन्।















