बेलायतबाट ट्यापट्यापमार्फत अब नेपालमा पैसा पठाउन सकिने

काठमाडौं । बेलायतमा रहेका नेपालीहरुले अब ट्यापट्याप सेण्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै पैसा पठाउन सक्ने छन् । बेलायतको ख्यातिप्राप्त ट्यापट्याप सेण्ड र सीटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबारको सम्झौता भएको छ ।

ट्यापट्याप सेण्डबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै पाउन सकिन्छ । उक्त पैसा नेपालको जुनसुकै बैंकको खातामा जम्मा वा मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।

साथै हरेक कारोबारबारे ग्राहकले एसएमएसमार्फत जानकारी पाउन सक्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार