महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले धितोपत्र बोर्ड सदस्यबाट दिए राजीनामा

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।

उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताए । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए । ढकालको ठाउँमा महासंघले अर्कै सदस्यलाई पठाउने भएको छ ।

धेरै सेयर निष्कासन गरेका कम्पनीमा आफ्ने स्वामित्व भएको र सर्वोत्तम सिमेन्टको सेयर खरिदका विषयमा लिएर चर्चा भएपछि बोर्ड सदस्यबाट राजीनमा गरेको ढकालले बताए ।

ढकालले महासंघको चुनावअघि नै सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको स्पष्ट पारेका छन् । उनी महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि बोर्ड सदस्य बनेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार राजीनामा गरेको भोलिपल्ट ढकालले राजीनामा गरेका हुन् ।

ढकालको परिवारका केही सदस्यको नाममा सर्वोत्तमको संस्थापक सेयर छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा खरीद गरेको खुले पनि उनले राजीनामा गरेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार