प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

Image

प्रतिनिधि सभा बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ुपानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ु का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ुसंघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु पेस गर्ने कार्यसूची छ ।

आजकै बैठकबाट बजेटमाथिको सामान्य छलफल सुरू गरिने कार्यसूची छ । भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गर्दै आएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएको थियो । सहमतिपछि शुक्रबार नै गृहमन्त्री रमेश लेखकले भिजिट भिसालाई लिएर आफूमाथि लगाइएको आरोपबारे संसदमा स्पष्टीकरण दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने अवरोध जारी रहने बताएको छ ।