पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हालैको आक्रमणमा अमेरिका संलग्न नरहेको बताएका छन्। आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत वक्तव्य जारी गर्दै उनले इरानलाई अमेरिका विरुद्ध कुनै पनि प्रकारको हमला गरे अमेरिकी सेनाको सम्पूर्ण शक्ति र क्षमता अभूतपूर्व रुपमा खनिने चेतावनी दिए । ट्रम्पले भने, ‘यदि हामी कुनै पनि किसिमले इरानबाट आक्रमणमा पर्छौं भने, त्यसको जवाफ इतिहासमै कहिल्यै नदेखिएको तहमा हुनेछ।’
उनले सजिलैसँग इरान र इजरायलबीच सम्झौता गरेर रगतपात समाप्त गर्न सक्ने बताएका छन् । यसैबीच, ट्रम्पले यो वसन्तमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई ६० दिनको समय दिएर परमाणु सम्झौताका लागि वार्ता गर्न आग्रह गरेका थिए। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई आक्रमण नगरी वार्ताको लागि ठाउँ दिन सुझाव दिएको बताएका थिए।
यसअघि इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरुको सैन्य अड्डामा हमला गर्ने धम्की दिएको थियो । उसले इरानी हमलालाई निष्क्रिय पार्न खोजे वा इजरायललाई सहयोग गरे ती देशहरूका सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको हो । इजरायलसँगको संघर्षमा बीचमा कोही आए उनीहरूको सैन्य संरचनामा पनि हमला गर्ने भनेर इरानले धम्की दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।













