यी २९ सांसद लागे माधव नेपाल पक्षमा (नामावलीसहित)

माधवकुमार नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको बताए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित भएनन् । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् । अरू दुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए ।

आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका हुन् ।

प्रतिनिधिसभाका सांसदहरु

१. माधवकुमार नेपाल

२. मुकुन्द न्यौपाने

३. कल्याणीकुमारी खड्का

४. विरोध खतिवडा

५.  कृष्णकुमार श्रेष्ठ

६.  मेटमणि चौधरी

७. निरादेवी जैरु

८. प्रेमबहादुर आले

९. रामकुमारी झाँक्री

१०. सरला यादव

११.  पार्वतीकुमारी विशुंके

१२.पुष्पाकुमारी कर्ण कायस्थ

१३. समिना हुसेन

१४.कृष्णलाल महर्जन

१५. जीवनराम श्रेष्ठ

१६. कलिला खातुन

१७. हिराभन्द्र केसी

१८. धनबहादुर बुढा

१९. गोपालबहादुर बम

२०. विना बुढाथोकी

२१. लक्ष्मी चौधरी

२२. भवानी खापुङ

राष्ट्रिय सभा

२३.बेदुराम भुसाल

२४. ठगेन्द्रप्रकाश पुरी

२५. शेरबहादुर कुँवर

२६. शान्तिकुमारी अधिकारी जिसी

२७. सिंगबहादुर विश्वकर्मा

२८. नन्दा चपाइँ

२९. उदया शर्मा(पौड्याल)

सम्बन्धित समाचार