पौडी खेल्ने क्रममा डुबेर झापामा एकजनाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-११ मा पौडी खेल्ने क्रममा डुबेर ४० वर्षीय केशब पाठकको मृत्यु भएको हो।
काठमाडौँ घर भई हाल सोही स्थानमा बस्दै आएका पाठक शनिबार साँझ साढे ८ बजे माता मन्दिरमा रहेको स्विमिङ पुलमा पौडी खेल्न गएका थिए।
त्यसक्रममा पानीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनलाई तत्काल उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रदेश जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















