नाला सफा गर्ने क्रममा १ सय २ राउन्ड गोली भेटिए

वीरगन्ज– वीरगञ्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको छ ।आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका(१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोलामा उक्त गोली भेटिएको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधिको रोहबरमा झोला खोल्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले बताए ।