संसद्‍मा दुई प्रतिपक्षी : रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

Image

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्‍मा अवरोध कायमै राखेका छन् । रास्वपाले वेल घेराउ गरेको छ भने राप्रपाले बैठक बहिष्कार गरेको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न दिएका थिए । उनले अवरोधका बीच बैठक चलाए आफूहरूले बाहिष्कार गर्ने घोषणा गरे । ‘जबसम्म जबरजस्त यस प्रकारको संसद्लाई अगाडि बढाउने काम भइराख्छ,’ उनले भने, ‘यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन । हामी बहिष्कार गर्छौं ।’

त्यसपछि बोलेका रास्वपाका सन्तोष परियारले छानबिन समिति बनाउनुपर्ने अडान राखे । उनको सम्बोधनपछि सभामुखले बैठक अघि बढाएपछि रास्वपाका सांसदहरू वेल घेरेर नाराबाजी थालेका छन् ।