आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।













