युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृत्यु

Image

रुसले पछिल्ला हप्ताहरूमा युक्रेन विरुद्ध हवाई आक्रमणहरू तीव्र पारेको छ । युक्रेनी अधिकारीहरूले मंगलबार युक्रेनको राजधानी किभमा भएको रुसी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन् ।

युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले ४४० ड्रोन र ३२ वटा मिसाइल प्रहार गरिएको बताए । यसैबीच,रुसी रक्षा मन्त्रालयले रुसी वायु रक्षा एकाइहरूले रातारात १४७ युक्रेनी ड्रोनहरू नष्ट गरेको दावी गरेका छन् । किभमा नौ घण्टाभन्दा बढी समयसम्म आक्रमण हुँदा मानिसहरू मध्यरातदेखि बिहानसम्म भूमिगत आश्रयस्थलहरूमा लुक्न बाध्य भएका छन् ।

युक्रेनी हवाई रक्षालाई कमजोर बनाउन रुसले ठूलो संख्यामा ड्रोन पठाइरहेको छ । युक्रेनले पनि रुसमाथि आक्रमण गरिरहेको छ । युद्धविरामको बारेमा दुई देशबीच अहिलेसम्म कुनै सम्झौता भएको छैन ।