रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

Image

जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ। मिश्रसँग तीन लाख धरौटी मागको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरी मुद्दा चलाएको थियो । मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।