काठमाडौं महानगरपालिकाले दुइवटा अस्पताल सिल गरेको छ ।
सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको पाइएकोले अस्पताल सिल गरिएको हो ।
‘ती अस्पतालले सम्बन्धित निकायमा दर्ता समेत नगरेको र मापदण्ड पालना नगरी सञ्चालन गरिएको भेटिएको हो,’ उनले भने ।