इजरायली अस्पतालमा इरानले गर्‍यो मिसाइल आक्रमण

Image

इरान र इजरायलबीचको युद्ध तीव्र हुँदै गइरहेको छ । इजरायलको आक्रमणपछि इरानले आफ्नो प्रतिशोधलाई अझ उग्र बनाएको छ ।

आज इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इरानले इजरायलको एउटा ठुलो अस्पताललाई पनि सिधै निशाना बनाएको छ ।

इरानले इजरायलको दक्षिणमा रहेको सोरोका मेडिकल सेन्टरमा आक्रमण गरेको हो । आक्रमणपछि अस्पतालले मानिसलाई उपचारका लागि नआउन आग्रह गरेको छ ।

अस्पतालको वेबसाइटका अनुसार अस्पतालमा एक हजारभन्दा बढी शय्या छन् । यसले इजरायलको दक्षिणका करिब १० लाख बासिन्दालाई सेवा दिन्छ ।

इजरायली सेनाका अधिकारीका अनुसार, यो आक्रमणअन्तर्गत दर्जनौँ मिसाइल प्रहार गरिएको थियो । र, इजरायलभरि साइरन बजेको थियो । अरू सहरहरू तेल अभिभ र जेरुसेलममा पनि विस्फोटको आवाज सुनिएको छ ।