कैलालीमा १९ वर्षकी सुत्केरी मृत भेटिइन्, छेउमा नवजात शिशु जीवितै

Image

कैलालीको गौरीगङ्गा नगरपालिका-७ स्थित कैलाशपुरमा आज बिहान १९ वर्षकी सुत्केरी मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार स्थानीय तुलसी नाथ घरनजिकै मृत फेला परेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले नाथ घरको मूलद्वारअगाडि नालामा मृत भेटिएको जानकारी दिएका छन् ।

उनले जन्माएको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।